चामुण्डा ।
चामुण्डाविन्द्रासैनीमा चार दल विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छन । विहिबार विद्यालय समायोजन लगायतका विविध माग राख्दै नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्र र राप्रपा आन्दोलनमा उत्रिएको नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमीटी सचिव कर्णबहादुर विष्टले जानकारी दिए ।
उनले आन्दोलनमा विद्यालय समायोजन, नगर भित्रका भौतिक संरचना संरक्षण गर्नुपर्ने, मजुवा खानेपानी तथा कर्णाली लिफ्ट आयोजना व्यवस्थापन गर्नुपर्ने र भुमि आयोगका प्रक्रियाहरु तुरुन्त अगाडी बढाउनु लगायतका माग राखिएको उनले जानकारी दिए ।
आन्दोलनमा पालिका मुकाम जम्बुकाँध परिक्रम गरि नगरपालिका अगाडी कोर्ण सभामा परिणत भएको आन्दोलनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य वीरबहादुर शाही, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सूर्यबहादुर शाही, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य ताराकुमारी शाही, नेपाल मजदुर किसान पार्टीका नगर कार्य समिति अध्यक्ष निरकबहादुर शाही, राप्रपाका प्रदेश कार्य समिति उपाध्यक्ष सुरतजंग शाही, जिल्ला कमिटी सदस्य विष्णुबहादुर शाही, नेकपा एमालेका युवा नेतादय लक्ष्मण कार्की भुपेन्द्रबहादुर शाही, पुर्व जिल्ला कमिटी सदस्य रणबहादुर खड्का, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हस्तप्रसाद शर्मा, वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाई, वडा नं. २ का वडा अध्यक्ष थानेश्वर जैसी (नविक) वडा नं. ९ का वडा अध्यक्ष प्रेमबहादुर रावल र वडा नं. १ का वडा अध्यक्ष उदे कामी लगायतको नेकपा एमालेका नेता कार्यकर्ताहरको उपस्थिती रहेको थियो ।
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार