दैलेख ; दैलेखमा जन्मेर लामो समयदेखि लोक तथा देउडा गीतबाट अफ्नो परिचय बनाएकी गायिका सपना शाहीले म्युजिक अवार्ड २०२४ बाट सम्मानीत भएकी छन् । प्रवासी साझा मञ्च भारतले चण्डीगढमा आयोजना गरेको विशेष सांगितिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ प्रदान गरिएको हो ।उनलाई देउडा गीत तर्फको ‘फिमेल क्याटेगोरी’ तर्फ यस्तो अवार्ड दिइएको हो। दैलेख जन्मेर हाल बाँकेको कोहलपुरमा बस्दै आएकी शाही अहिले काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा काम गरिरहेकी छन् ।
शाहीले गाएको तीन चुलिका अग्ला शीर बोलको देउडा गीतबाट उनलाई अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा शब्द नेमबहादुर शाही र लय धिरेन्द्र शाहीको रहेको छ।
अन्तराष्ट्रिय स्तरको अवार्डले आफुलाई अझ उत्साही बनाएको र जिम्मेवारी थपेको भन्दै संगीत क्षेत्रमा अझ बढि साधना गर्ने उनको भनाई छ । विभिन्न स्टेज शोहरुमा बाक्लै देखिने शाहीका झण्डै तीन दर्जन गीत रेकर्ड छन् ।
चण्डीगढको अवार्ड कार्यक्रममा नेपालबाट गएका झण्डै तीन दर्जन कलाकारहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
प्रकाशित मितिः May 3, 2024 at 11:56 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार