समृद्ध देश बनाउन खेलकुदको भूमिकाः नगर प्रमुख शाही

चामुण्डा ,।
समृद्धि देश बनाउन खेलकुद जगतलाँई अगाडी बढाउनु पर्ने चामुण्डाविन्दँ्रासैनी नगरपालिका नगर पँ्रमुख गणेशकुमार शाही बताएका छन । बुधबार चामुण्डा विन्द्रासैनी शिक्षा युवा खेलकुद शाखाको आयोजना र नगर खेलकुद विकास समिति चामुण्डाविन्द्रासैनीको व्यवस्थापनमा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता तथा तेश्रो नगर प्रमुख कप प्रतियोगितको उद्घाटन गर्दै यस्तो बताएका हुन ।

विगत २००७ साल देखि हाल सम्म सामाजिक र राजैतिक र आर्थिक परिवर्तन ग¥यो उनले भने, त्यसैगरी आज यो देशको अवस्था खेलकुद र खेलाडीहरुको सम्मान र जिविको पार्जन सहित खेलाडी अगाडी बढाउन सक्यौ भने देशको विकासमा एक इट्टा थपिन्छ,। उनले भने

नगर खेलकुद विकास समिति चामुण्डाविन्द्रासैनी नगरपालिकाका अध्यक्ष दशरथ जँग शाहीको अध्यक्षता भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप प्रमुख मनसरा कुमारी शर्मा, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रत्नबहादुर शाही, वडा नं. ४ का वडा अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक भक्तबहादुर शाही, जिल्ला खेलकुद विकास समितिका दैलेखका अध्यक्ष गोपाल बहादुर बुढा, जय विन्द्रासैनी युवा कलवका अध्यक्ष पृथ्वी विक्रम शाही, चामुण्डा कलेज चामुण्डाका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिलकुमार शाही लगायतको उपस्थिति रहेको थियो ।

आज उद्घाटन भएको छात्र भलिबल तर्फ आन्नद माध्यमिक विद्यालय सिमसेरले जयदेव माध्यमिक विद्यालय जम्बुकाँधलाई २–० सोझो सेटमा जीत हासिल गरेको थियो भने जनता माध्यमिक विद्यालय वस्तेकोट र विन्द्रासैनी माध्यमिक विद्यालय विन्द्रासैनी बीच भएको खेलमा जनता माध्यमिक विद्यालय वस्तेकोट २–१ सेटमा जीत हासिल गरेको थियो ।

खेल यही मंसिर २१ गते सम्म संचालन हुने चामुण्डाविन्द्रासैनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा स्रोत शिक्षक तेजबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   December 4, 2024 at 12:54 pm 


प्रतिक्रिया दिनुहोस्