बाख्रा पाएपछि स्थानीय हर्षित


बाख्रा पाएपछि चामुण्डाविन्द्रासैनी–५, छडेखोलाकी रंगा कामी हर्षको सीमा थिएन । बिहिबार एक हातले बाख्रा समाउँदै,भनिन्, ’जसरी नै पालेर आम्दानी बढाउनेछु ।’ बाख्रा किनेर पाल्न नसकेकी उनी राम्रोसँग पालेर आम्दानी बढाउने भन्दै खुसी भएकी हुन् । गाउँका अन्य दिदिबहिनीहरु यसैगरी बाख्रा पालेर गरेको प्रगतिबाट लोभिएकी रंगाको रहर चामुण्डाविन्द्रासैनी नगरपालिकाको गरिब संग विश्वेश्वर कार्यक्रमले पुरा गरिदिएको हो । बाह्रे महिना वारीमा उत्पादन नपुग्ने रंगा जंगलमा बाख्रा छाडेरै भएपनि उत्पादन लिन सकिनेमा आशावादी छिन् । उनले थपिन

यसैगरी काखे बच्चा च्यापेर बाख्रा लिन आएकी मनकुमारी विक पनि बाख्रा पाएपछि औधी खुसी छिन, ’बाख्राबाट थप आम्दानी बढाई जिविका चल्न सहयोग हुने उनी बताउछिन ।’

चामुण्डाविन्द्रासैनी नगरपालिका गरिब संग विश्वेश्वर कार्यक्रमले छडेखोलाका १४ जना परिवारलाई १÷१ वटाको दरले बाख्रा वितरण गरेको हो

बाख्राबाट आर्थिक उपार्जनमा स्थानीय विपन्न नागरिकहरुलाई सहयोग पुग्ने चामुणडाविन्द्रासैनी नगरपालिका नगर प्रमुख गणेशकुमार शाहीले बताए । प्राकृतिक रूपमा उत्पादन हुने फलफूल तथा पाखो बारीमा उत्पादन हुने अन्नलाई निर्वाहमुखी गुजारा चलाउँदै आएका यहाँका विपन्न स्थानीयलाई केही समय पालेपछि बाख्राबाट राम्रो आयआर्जन हुनेमा उनले जोड दिए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख मनसर शर्माले विपन्न समुदायको आर्थीक अवस्थामा सुधार गर्ने उदेश्य राखेर वितरण गरिएको बाख्रा व्यवसायीक रुपमा संचालन गर्न कृषकहरुलाई आग्रह गरिन् ।

बाख्रा वितरण कार्यक्रममा पशु शाखा प्रमुख रमेश जोशीले बाख्राको स्वास्थ्यमा हेरचाह गर्दा ध्यान दिनुपर्ने जानकारीबारे स्पष्ट पारेका थिए । ’बाख्रा बिरामी भयो भने तपाईंको गाउँमै रहेका स्थानीय प्राविधिकलाई पनि भेट्न सक्नुहुने छ,’ उनले भने, ’यि बाख्राको स्याहार गर्दै अरू बाख्रा बढाउनु पर्छ, अनि व्यवसायिक बनिन्छ ।’

बाख्रा वितरण कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका कार्यपालिका सदस्य सुनिता विक, नगर सभा सदस्य लक्ष्मण कार्की, नगरपालिका सूचना प्रविधि अधिकृत मनोज लम्साल, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र जोशी, पशु शाखाका पशु प्राविधिक लोकेन्द्र शर्मा र एम आई एस अपरेड सहयाक चौथौ उमेशकुमार कार्की लगायतको उपस्थीति रहेको गरिब संग विश्वेश्वर कार्यक्रमका प्रमुख गणेशबहादुर विकले जानकारी दिए ।

प्रकाशित मितिः   May 24, 2024 at 7:16 am 


प्रतिक्रिया दिनुहोस्