चामुण्डा ।
कर्मचारी हटाईए पछि चामुण्डाविन्द्रासैनी नगरपालिकाका बहुमत नगर सभा सदस्यले विरोध जनाएका छन । आइतबार जम्बुकाँधमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित नगर सभा सदस्यहरुले एक कोणसभाको आयोजना गरी विरोध जनाएका हुन ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हस्तप्रसाद शर्माले कर्मचारीलाई वडामा खटाउनु सक्दैन भने राजिना दिएर निकास दिन आग्रह गरे । राजनितिक पुर्वाग्राहीले गर्दा कर्मचारी हटाउनु गलत सँस्कार भएको बताए । जनताका दैनिक कामहरु सहजमा सुचारु भएन र काम गर्ने वातावरण भयन भने नगर सरकारलाई कुर्चिबाट बाहिर सडकमा ल्याउने चेतनावनी दिन चाहान्छु उनको भनाई थियो ।
साथै नगरसभा प्रतिनिधित्व गर्ने दल नेकपा एमाले र नेपाल मजुदर किसान पार्टीले विशेष नगरसभाका लागि बहुमत नगर सभा सदस्यहरुको हस्ताक्षर संकलन गरी विशेष नगर सभामा नगर माग गर्न लागिएको वडा नं. ५ का वडा सदस्य लक्ष्मण कार्कीले जानकारी दिए ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाईले पार्टी सदस्यता दिएर मात्र नगर प्रमुखले कर्मचारीलाई म्याद थप्ने गर्ने गरेको आरोप लगाए ।
चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दीपबहादुर शाहीले कर्मचारी चलाउदा पालिकाको सु–शासनमा आँच आउने कुरा राख्दा पनि कार्यपालिकामा कर्मचारी जर्वजस्ती कर्मचारी हटाईएको थियो । गु्रप भित्र कुरा नमिल्दा असोज ३ गते कर्मचारी हटार्ईएको उनको आरोप छ । साथै बाल विकासलाई बन्द गरिएको छ, विद्यालय र शिक्षालाई धोस्त पारेर नगरपालिकाको विकास र समृद्धि पालिका बनाउन सकिदैन । तत्काल विद्यायल प्रथम चरण बाल विकासलाई तत्काल सुचारु गर्नपर्नेमा उनले जोड दिए । उनले भने‘शिक्षालाई धोस्त बनाएर मन्दिर बनाउन उचित छैन ।, ‘शिक्षामा नै बजेट पालिकाले बजेट विनियोजित गर्न पर्छ ।’
यसैगरी कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ का वडा अ्रध्यक्ष थानेश्वर जैसीले सुरु देखि कर्मचारी माथि नै विभेद हुदै गएको बताए । कर्मचारी हटाईएको एक हप्ता हु्दा पनि कर्मचारी वडा कार्यालय नखटाएर जनता दैनिक काममा समस्या आएको बताए । साथै नगर सभा बसेको दुई महिना पछि कार्यपालिकाको बैठक बस्न नसक्नु लाज मर्दो कुरा भएको उनको आरोप छ ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रेम रावलले कार्यपालिकामा कर्मचारी हटाउनु विषयमा ७ सात जनाले लिखित रुपमा मै असहमति जनाउदा हामी असहमति राख्ने कार्यपालिका सदस्य अख्तियारमा त्रास देखाईएको आरोप लगाए । आधारभूत स्वास्थ्य संस्था र शहरी स्वास्थ्य लाभमा औषधी सडाउदा अख्तिार कहाँ छ के हेरि बसि रहेको छ उनको भनाई छ ।
कार्यपालिका सदस्य मनबहादुर विकले नगरपालिकाले दलित समुदायलाई विभेद गरी नगरपालिकाले बजेट विनियोजित गर्ने गरिएको आरोप लगाए ।
प्रकाशित मितिः September 29, 2024 at 11:19 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार