चामुण्डा ।
सासेक नेपाल दैलेखले बालविवाह र साइबर अपराध न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ । समाजमा बढ्दै गएको बाल विवाह र विरुद्ध बालबालिकालाई सचेत गराउन साईबर अपराधलाई पढाउन थालिएको हो ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका भित्रका माध्यमकि विद्यालस बालविवाह र साइबर अपराध बारे सुसूचित गर्ने लागिएको हो ।
बुधबार ओककोट माध्यमिक विद्यालय चामुण्डाविन्द्रासैनी ८ मा सेभ द चिल्ड्रेनको सहयोग र सोसेक नेपाल दैलेख र नागरिक समाज चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा १८ वर्षमुनिका बालबालिकालाई बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाह र साइबार अपराधबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा प्रशिक्षण दिंदै आइरहेको सोसेक नेपाल दैलेख सहयात्रा तेश्रो परियोजनाका बाल संरक्षण अधिकृत राम प्रसाद उप्रेतीले जानकारी दिए ।
कार्यक्रममा जम्बकाँध प्रहरी चौकी प्रहरी सहायक हवल्दार ओमप्रसाद ओलीले साईबार अपराध र बालविवाह सम्बन्धी जानकारी दिए । साइबार अपराध सम्बन्धी कुनैपनि समस्या आएको खण्डमा प्रहरी जानकारी गराउनु होस उनले बताए ।
समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरी साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र बढ्दै गएको बालविवाह र साईबर अपराध तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका निर्वाहमा गर्ने उनको तर्क छ ।
कार्यक्रममा नागरिक समाज चामुण्डाविन्द्रासैनी नगरपालिका संयोजक बसन्तप्रसाद रेग्मी, ओमकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर शाही, नागरिक समाज चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपाध्यक्ष सोभा भण्डारी लगायतको उपस्थिति रहेको सोसेक नेपाल सहयात्रा परियोजनाका फिल्ड अधिकृत रत्ना थापाले जानकारी दिईन ।
प्रकाशित मितिः September 18, 2024 at 4:22 pm
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार