काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा सबैले बलियो ठानेको एक टीम हो कर्णाली याक्स । यो टीम ब्याटिङ र बलिङ दुवै पक्षमा सुदृढ र सन्तुलित छ ।
अक्सनमा ‘लक्की ड्र’ मार्फत अलराउन्डर गुल्सन झालाई कर्णाली एक्सले भित्र्याउँदा फ्रेन्चाइज मालिकहरुमा खुशीयाली छाएको थियो । विदेशी खेलाडीमा पनि सबैभन्दा ठूलो नाम कर्णालीले नै भित्र्यायो । भारतीय लिजेन्ड शिखर धवनलाई टीममा समावेश गर्दै कर्णालीले आफ्नो ब्याटिङलाई अभेद्य बनाएको छ ।
धवनले केही समयअघि मात्रै अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएका थिए । सन् २०१० मा भारतीय टोलीबाट डेब्यु गरेका ओपनर धवनले पछिल्लो पटक २०२२ मा राष्ट्रिय टोलीबाट खेलेका थिए । भारतका लागि उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२०आई खेल खेलेका छन् । २६९ खेलमा २४ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् भने ६८ टी–२०आई खेलेका १७५९ रन बनाएका छन् ।
उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० को गत संस्करणमा खेलेका थिए । उनले ५ भन्दा बढी टीमबाट आईपीएल खेलिसकेका छन् । आइपीएलका २२२ खेलमा बाँयाहाते ब्याटर धवनले ६७६९ रन बनाएका छन् । उनले कर्णाली याक्सबाट कम्तीमा ४ खेल खेल्नेछन् ।
कर्णालीमा अनुबन्ध हुने अर्का प्रभावशाली ब्याट्सम्यान हुन् हङकङका बाबर हायात । ३२ वर्षीय टपअर्डर ब्याटर बाबरले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हङकङका लागि ७९ टी–२० आई खेलेका उनले एक हजार ९१० रन बनाएका छन् । बाबर सन् २०२४ मै नेपालविरुद्ध ४९ बलमा विष्फोटक ११० रन बनाएका थिए । कर्णालीमा आवद्ध भएका बाबर नेपालमा नयाँ नाम होइनन् । उनले यसअघि पनि नेपालमा विभिन्न लिग खेलिसकेका छन् ।
वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमनका पूर्वकप्तान जिसन मक्सुदलाई पनि कर्णालीले अनुबन्ध गरेको छ । विकेटकिपर ब्याटर वाल्टन अनुभवी खेलाडी हुन् । ३९ वर्षीय वाल्टनले वेस्ट इन्डिजबाट १९ टी२०आई खेल खेलेका छन् । उनले १८८ टी–२० खेलमा उनले ३५७८ रन बनाएका छन् । उनले यसअघि सन् २०२२ मा भएको नेपाल टी–२० लिग जनकपुर रोयल्सबाट खेलेका थिए । टपअर्डर ब्याटर वाल्टनसँग विश्वका धेरै लिग खेलेको अनुभव छ ।
ओमनका पूर्वकप्तान मक्सुद ओपनिङ ब्याटर हुन् । मक्सुदले धेरैपटक नेपाल आएर खेलिसकेका छन् । ओमनबाट ७३ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ३ सय ६९ रन बनाएका छन् । बलिङतर्फ उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५१ विकेट लिएका छन् । ४ विदेशी खेलाडी भित्राएको कर्णालीले अझै पनि शिखर धवनले ४ खेल मात्रै खेलेको खण्डमा उनको ठाउँमा थप एक खेलाडी कर्णालीले भित्र्याउने छ ।
कर्णालीका स्वदेशी खेलाडीहरु पनि अब्बल छन् । अक्सनमार्फत गुल्सनसहित राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनाल, मौसम ढकाल र भुवन कार्की अनुबन्ध भएका छन् । गुल्सन पछिल्लो समय ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी हुन् । फास्ट बलिङ गर्ने उनी ब्याटिङमा टप अर्डरदेखि लो अर्डरसम्म जता पनि फिट हुन सक्छन् ।
यु–१९ टोलीका पूर्वकप्तान देव भरपर्दा ब्याटर हुन् । टपअर्डर ब्याटर देव इनिङ सम्हालेर खेल्न सक्ने खेलाडी हुन् ।
मौसम स्पिनर हुन् । सन्दीप लामिछानेको अनुपस्थितिमा उनले राष्ट्रिय टोलीमा फ्याट्टफुट्ट अवसर पाइराखेका हुन्छन् । उनी नेपाल ‘ए’ का नियमित सदस्य हुन् ।
सन् २०२० मा एक मात्र टी–२० आई खेलेका भुवनले त्यसपछि भने अवसर पाएका छैनन् । एपिएफबाट घरेलु क्रिकेट खेल्दै आएका उनले स्पिन बलिङसँगै लो अर्डरमा ब्याटिङ गर्ने गर्छन् ।
नेपाल ‘ए’ टिमबाट खेलिसकेका अर्जुन घर्ती, बागमती प्रदेशबाट खेल्दै आएका रित गौतम, अष्टे«लियामा खेल्दै आएका नन्दन यादव पनि कर्णालीमा छन् । अर्जुन मिडल र रित ओपनिङ ब्याटर हुन् । दुवैले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।
यु–१९ टोलीका खेलाडी दीपेन्द्र रावत, दीपक डुम्रे र उनिस विक्रम सिंह थकुरीलाई पनि कर्णालीले अनुबन्ध गरेको छ । दीपेन्द्र र उनिस कर्णाली र दीपक गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । दीपेन्द र उनिस बलर हुन् भने दीपक ब्याटर हुन् ।
विश्वचर्चित ओपनर खेलाडी भित्र्याएको कर्णालीलाई ओपनिङमा खासै समस्या देखिँदैन । भारतका शिखर धवनलाई ओमनका पूर्वकप्तान जिसन मक्सुद वा नेपालका रित गौतममध्ये एकजनाले साथ दिनेछन् ।
कर्णालीको टपअर्डरमा नेपालका देव खनाल, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टन रहनेछन् । आवश्यकताअनुसार कर्णालीले यिनीहरुलाई मिडलअर्डरमा पनि खेलाउन सक्नेछ । मिडलअर्डरमा दीपक डुम्रे, अर्जुन घर्ती, सोमपाल कामी रहेनछन् । स्लोअर्डरमा भुवन कार्की, नन्दनले सम्हाल्नेछन् ।
बलिङतर्फ फाष्ट बलिङतर्फ सोमपाल आफै रहनेछन् । उनलाई गुल्सन, नन्दनको साथ रहनेछ । स्पिनतर्फ मौसम ढकाल, भुवन कार्की, ओमनका मक्सुद, दीपेन्द्र रावत र उनिस विक्रम सिंह थकुरीले रहेका छन् ।
कर्णालीको टोली
स्वदेशी खेलाडीः गुल्सन झा, नन्दन यादव, देव खनाल, रित गौतम, मौसम ढकाल, अर्जुन घर्ती, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे र उनिस विक्रम सिंह थकुरी ।
विदेशी खेलाडीः शिखर धवन ९भारत०, बाबर हायत ९हङकङ०, जिसन मक्सुद ९ओमन० र चाडविक वाल्टन ९वेस्ट इन्डिज० ।
मार्की खेलाडीः सोमपाल कामी
मुख्य प्रशिक्षकः ज्ञानेन्द्र मल्ल
कर्णालीको खेल तालिका
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले पहिलो खेल मंसिर १७ गते पहिलो खेल खेल्नेछ । कर्णालीको पहिलो प्रतिस्पर्धिको रुपमा जनकपुर बोल्ट्स छ ।
कर्णालीले दोस्रो खेल मंसिर १९ गते काठमाडौं गुर्खाजसँग खेल्दा तेस्रो खेल मंसिर २१ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
चौथो खेलमा मंसिर २२ गते विराटनगर किंग्स, पाँचौं खेल मंसिर २५ गते पोखरा एभेन्जर्स, छैटौं खेल मंसिर २८ गते लुम्बिनी लायन्स र सातौं खेल पुस १ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
प्रकाशित मितिः November 29, 2024 at 10:32 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार