कालीकोट । पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’ बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेले पशुपालक बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ता मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए ।
गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैँसी,३० वटा बाख्रा ४० वटाभन्दा बढि भेडा व्यावसायिक रुपमा पाल्ने किसानलाई भत्ता दिइने छ । युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए । गाउँमा गोठालोलाई हेयका हेरिन्छ, उनले भने,यसले गोठालोको सम्मान गर्नेछ।
ुनरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ। यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो , उनले भने।
प्रकाशित मितिः May 8, 2024 at 7:29 am
न्यूजअफ कर्णाली । २०८१ पुष ३ गते बिहिवार