रोल्पा — रोल्पाको सुनछहरी गाउँपालिका(३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९स्५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।
पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल।बी।एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।
खाल्डा पुर्ने काममा ७ जना सहभागी भए पनि २ जना भागेर जोगिन सफल भएकाले उनीहरू सकुशल छन् । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका(३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।
घटनाबारे अनुसन्धान गर्दै मृतकको बिमा गरिएकोरनगरिएको बारेमा खोजी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न र उद्धार गर्न गाम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्ट र सुलिचौरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अरुण तामाङको कमान्डमा प्रहरी टोली खटिगएको थियो । घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।
प्रकाशित मितिः December 1, 2024 at 8:28 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार