युवा संघ चामुण्डाको अध्यक्षमा खड्का

चामुण्डा ।
रााष्ट्रिय युवा संघ नेपाल चामुण्डाविन्द्रासैनीको अध्यक्षमा प्रशान्त खड्का चयन भएका छन । शुक्रबार जम्बुकाँधमा सम्पन्न युवा संघको चौथो नगर अधिवेसनले खड्काको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मायाकुमारी शाही, सचिवमा दिपक रेग्मी, उपसचिव शान्ति रेग्मी र उपसचिवमा डेकेस नेपालीलाई  चयन गरिएको छ । ।

कार्यक्रममा नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीका पुर्व अध्यक्ष एवम् युवा नेता रविन्द्रबहादुर शाहीले वर्तमान समयमा पार्टी प्रति युवाहरुको उर्जा कम हुदै गएको बताए । उनले भने, ‘उर्जा कम हुनुका एउटा कारण पार्टी प्रशिक्षण नहुनु हो भने, अर्को कारण आर्थिक हो ।’ ‘आर्थिक अभावकै कारणले युवाहरु विदेशिने गरेका छन । अब यृुवाहरु विदेश जानु भन्दा कुलतमा नफसी युवाहरुले सिर्जनशिला अपाईन स्वदेशमै आर्थिक रुपमा समक्षमा बन्नु पर्छ उनको भनाई थियो ।

रााष्ट्रिय युवा संघ नेपाल र चामुण्डाविन्द्रासैनीका कार्यवाहक अध्यक्ष खड्काकै अध्यक्षतामा भएको कार्यक्रममा युवा रााष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य बिजय सितापती, नेकपा एमालेका जिल्ला कमिटी सदस्य विष्णृुबहादुर शाही, निर्मला खड्का रावल, अम्बिका बोहोरा, लछीराम केसी, रााष्ट्रिय युवा संघ नेपाल दैलेखका अध्यक्ष उतम खड्का, उपाध्यक्ष देवन्द्रबहादुर शाही, सचिव निरज माझी, नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीका अध्यक्ष रंगबहादुर तामाङ, चामुण्डाविन्द्रासैनी ५ का निर्वाचित वडा अध्यक्ष हस्तप्रसाद शर्मा, चामुण्डाविन्द्रासैनी २ का वडा अध्यक्ष थानेश्वर जैसी, युवा नेता भुपेन्द्रबहादुर शाही, चामुण्डाविन्द्रासैनी ५ का निर्वाचित सदस्य एवम् युवा नेता लक्ष्मण कार्की, नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीका सचिव कर्णबहादुर विष्ट, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दैलेखका उपाध्यक्ष सुन्दर शाही, युवा संघ नेपालका जिल्ला कमिटी सचिवालय सदस्य कमलजंग शाही, युथ फोर्सका कर्णाली प्रदेश उप प्रमुख पवन शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   September 27, 2024 at 12:23 pm 


प्रतिक्रिया दिनुहोस्