चामुण्डा ।
शैक्षिक गुणस्तरलाई टेवा पु¥याउन पूर्व विद्यार्थी समाजको महत्वपुर्ण योगदान रहने पुर्व प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले बताएका छन । बुधबार जम्बुकाँधमा जयदेव माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज २०६० को आयोजनामा शिक्षा दिवस २०८१ को अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
‘वर्तमान समय शिक्षा क्षेत्र खस्किदै गएको र गुणस्तरलाई सुधार गर्नका पुर्व विद्यार्थी समाजको आवश्यक छ, यो विद्यार्थी समाजको ठुलो आकार दिई पालिका मात्र नभई र जिल्ला स्तरमै शिक्षा क्षेत्रमा हलचल गर्नुहोस । उनले भने,् \
देश विकासको प्रमुख मेरुदण्ड शिक्षा भएकाले सबैले आ–आफ्नो ठाउँबाट गुणस्तरीय शिक्षाका लागि पहल गर्न चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले बताए । पछिल्लो समयमा शिक्षाको अभावले नकारात्मक प्रभाव परेकाले पुर्व विद्यार्थी समाजले सकारात्मक प्रभाव पार्न पहल गर्न आवश्यक छ । उनले भने–‘
साथै शिक्षा कै कारण हिजो र आजको जीवन पद्धती फरक भएकाले शिक्षालाई पनि फरक पन दिनपुर्ने नगर प्रम्ुख शाहीको भनाई थियो ।
जयदेव माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज २०६० का संयोजक उमेशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख मनसराकुमारी शर्मार्,, शिक्षक महासँघका अध्यक्ष तीलकबहादुर शाही, जयदेव माध्यमिक विद्यालय शिक्षकद्धय प्रेमबहादृुर कार्की, नमनकुमार शाही जनता माध्यमिक विद्यालय लैनचौरका शिक्षक लोकेशकुमार शर्मा, नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीका सचिव एवम् विद्यार्थी समाजका सदस्य कर्णबहादुर विष्ट, पूर्व विद्यार्थी समाजका सदस्य भुपेन्द्रबहादुर शाही, निगमकुमार शाही, महेशकु्मार शाही, लगायत उस्थिति रहेको जयदेव माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज २०६० का सचिव बिस्न बहादुर शाहीले जानकारी दिए ।
प्रकाशित मितिः September 18, 2024 at 2:54 pm
न्यूजअफ कर्णाली । २०८१ पुष ७ गते सोमवार