बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले दिए कार्यदललाई धन्यवाद

काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सत्तासाझेदार दुई दल नेकपा ९एमाले० र नेपाली कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई अन्तिम रूप दिइएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

एमाले–कांग्रेसले नेपालमा बीआरआई सम्झौता र कार्यान्वयनका विषयमा सहमतिमा पुग्न एक कार्यदल गठन गरेका थिए । दुवै पार्टीका नेता सम्मिलित उक्त कार्यदलले बीआरआईबारे ‘ड्राफ्ट’ तयार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलले तयार पारेको ड्राफ्टलाई ‘फाइनल’ रूप दिएका थापाले बताए ।

बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले कार्यदललाई धन्यवाद व्यक्त गरेका उनले जानकारी दिए

दुई दलबीच भएको सहमतिको खाका भने तत्काल सार्वजनिक गरिएको छैन ।

प्रकाशित मितिः   November 30, 2024 at 10:51 am 


प्रतिक्रिया दिनुहोस्