दैलेख ।
वर्तमान समय लोकतन्त्र अध्यारोमा विक्रि हुन थालेको नेकपा एमालेकाका केन्द्रीय सदस्य एवम् दैलेख निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज राजबहादुर बुढाले बताएका छन । सोमबार नेकपा एमाले ठाटिकाँध गाउँ कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
अन्य सामाग्री हरु दिउसो विक्रि हुन्छ लोकतन्त्र रातीमा विक्रि हुन्छ, लोकतन्त्र अधिकार हो, यसलाई खरिद विक्रि गर्नु हुदैन, उनले भने, त्यसैमा पनि एमालेका कार्यकर्ताले लोकतन्त्र खरिद विक्रि तर्फ पटकै लाग्नु हुदैन ।’ लोकतन्त्रलाई विक्रि गर्नु भनेको अधिकार विक्रि गर्नु हो, अर्को तर्फ लोकतन्त्र विक्रि गर्दा शहिद प्रति अपमान पनि हुन्छ, उनको भनाई थियो । लाेकतन्त्र विक्रि गर्नु भनेकाे चामल, पैसा र रक्सीमा भाेट विक्रि गर्नु नै लाेकतन्त्र विक्रि गर्नु हाे ।
ठाटिकाँध गाउँ कमिटीका अध्यक्ष कृपाराम थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य सूर्यबहादुर शाही, नेकपा एमाले कर्णाली प्रदेश कमिटीद्धय भरतबहादुर शाही, रुद्रबहादुर शाही, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् ठाटिकाँध गाउँ कमिटी इन्चार्ज दिनेशबहादुर विक, नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाही, पुर्व कर्णाली प्रदेश कमिटी सदस्य धिरबहादुर शाही, कर्णाली प्रदेश सल्लाहकार परिषद्का सदस्य कर्णबहादुर शाही, जिल्ला कमिटी दैलेखका सदस्यद्धय लालबहादुर शाही र तक्मा विक, अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्य अमर शाही लगायतको उपस्थिति रहेको ठाँटिकाँध गाउँ कमिटी सचिव रमेश विकले जानकारी दिए ।
साथै यही मंसिर २८ गते ५ वटा वडामा वडा अधिवेसन गर्ने र वडा नं. १ मा ३० गते वडा अधिवेसन गर्ने बैठकले निर्णय गरेको सचिव विकले जानकारी दिए ।
प्रकाशित मितिः December 9, 2024 at 12:33 pm
न्यूजअफ कर्णाली । २०८१ पुष ७ गते सोमवार