मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलिय बैठक

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाएका छन। कर्णालीको समग्र विकास र समृद्विमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन।

समृद्वि र विकास सबैको साझा सरोकारको बिषय हो,एक्ला एक्लै हिडनु भन्दा सबै राजनितिक दलहरूबीचको साझा सहमति खोज्ने उदेश्यले सर्वदलिय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कंडेलले बताए।

उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ।

प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ। कर्णाल प्रदेश सरकारले जेठ महिनामा नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने नीतिगत व्यवस्था छ।

प्रकाशित मितिः   May 11, 2024 at 6:52 am 


प्रतिक्रिया दिनुहोस्