अघिल्लो महिना मात्रै टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दा नेपाल सरकारले टिकटकसँग राखेका विभिन्न सर्तमध्ये स्थानीयलाई रोजगारी दिनुपर्ने विषयमा पनि समावेश थियो । तर कम्पनीले यो साता सार्वजनिक गरेको विज्ञप्तिमा टिकटकले सयौँ संख्यामा कर्मचारी कटौती गर्ने उल्लेख छ ।
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले जनाएअनुसार आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधिलाई थप बलियो बनाउन कर्मचारी छाँटकाँट गर्न लागिएको हो ।
टिकटकले कुन देशमा कति कर्मचारी हटाउने स्पष्ट जानकारी दिएको छैन । तर मलेसियामा मात्रै ५ सयजति रोजगारी गुम्ने अनुमान गरिएको छ । कन्टेन्ट मोडरेसनलाई प्रभावकारी बनाउन खोजिएको टिकटक प्रतिनिधिले रोयटर्ससँग भनेका छन् ।
‘सन् २०२४ भित्रमा हामीले ट्रस्ट एन्ड सेफ्टीका लागि विश्वव्यापी रूपमा २ अर्ब डलर लगानी गर्ने योजना बनाएका छौं,’ टिकटकका प्रवक्ताले विज्ञप्तिमार्फत भनेका छन्, ‘टिकटकको नियम उल्लंघन गर्नेमध्ये ८० प्रतिशतभन्दा धेरै कन्टेन्ट हाल हाम्रो स्वचालित प्रविधिले हटाउने गरेको छ र यसलाई अझै सुधार गरेर प्रभावरी बनाउन पहल गरिरहेका छौं ।’
टिकटकमा पोस्ट भएका सामग्री ९कन्टेन्ट० मोडरेसनका लागि कम्पनीले मानव जनशक्ति र अटोमेटेड डिटेक्सन प्रविधि दुवै संयुक्त रूपमा प्रयोग गर्दै आएको छ । कन्टेन्ट मोडरेसन भनेको अनलाइन प्लाटफर्ममा पोस्ट हुने सामग्री अप्रासंगिक, अश्लील, गैरकानुनी, हानिकारक वा अपमानजनक छरछैन पत्ता लगाउने र त्यस्तो भएमा लेबल लगाउने वा हटाउने प्रक्रिया हो । यसका लागि फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, युट्युबजस्ता प्लाटफर्महरूले कन्टेन्ट मोडरेटर नियुक्त गर्ने गरेका छन् ।
टिकटकले विभिन्न देशमा रहेका आफ्ना मार्केटिङ र कन्टेन्ट मोडरेसन विभागमा कर्मचारी कटौती गर्ने विषयमा पछिल्ला केही महिनायता विभिन्न अनुमान बाहिरिएका थिए । बाइटडान्सको वेबसाइटमा उल्लेख भएअनुसार टिकटकले विभिन्न देशमा २ सयभन्दा धेरै शहरमा १ लाख १० हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।
नेपालका लागि भने टिकटकले भदौ अन्तिम साता पब्लिक पोलिसी म्यानेजर पदमा दरखास्त आह्वान गरेको थियो । सरकार र नीति निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेदेखि टिकटक र यसका कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक रणनीति बनाउने मूल जिम्मेवारीसहित टिकटकले पोलिसी म्यानेजर नियुक्त गर्न चाहेको छ ।
प्रकाशित मितिः October 15, 2024 at 11:41 am
न्यूजअफ कर्णाली । २०८१ पुष २ गते बुधवार