काठमाडौँ — संघीयतालाई सबल बनाउन आवश्यक कानुन नै निर्माण हुन नसकेको सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।
कान्तिपुर कन्क्लेभ को दोस्रो दिन बिहीबार निर्वाचनमा सुधार स् नीति कि प्रवृत्तिु शीर्षकको सत्रमा संघीयता सबल बनाउनका लागि कानुनी प्रबन्ध गर्नुपर्ने बताएका हुन् ।
संघीयता सबल बनाउनका लागि निर्वाचनको व्यवस्था र निर्वाचन कानुनमा सुधारले मात्रै नहुने पोखरेलको भनाइ छ । ुनिर्वाचन सुधारले मात्रै संघीयता सबल हुने होइन, एउटा पक्ष हो तर सबै कुरा होइन,ु उनले भने, ुअहिले त आधारभूत कानुनहरू नै बनेको छैन । निजामती ऐन बनेको छैन, प्रहरी ऐन बनेको छैन । शिक्षा ऐन आउन सकेको छैन र बनेका थुप्रै ऐनहरू संविधानको अधिकारका सूचीका दृष्टिकोणले त्रुटिपूर्ण छन् जसको रिभ्यू गर्न जरुरी छ ।ु
संघीय प्रणालीमा प्रदेशको संरचना बलियो हुनुपर्ने तर त्यसो हुन नसकेको पनि पोखरेलको भनाइ छ । संघीय संसद्ले कानुन निर्माण गर्दाखेरि प्रदेशहरूलाई प्राकृतिक स्रोतका हिसाबले कमजोर बनाएको पोखरेलको भनाइ थियो ।
ुसंघीय संसद्ले कानुन निर्माण गर्ने हुँदा प्रदेशहरू स्रोतका हिसाबले कमजोर बन्न पुगे । संघीयतामा प्रदेशहरू बलियो हुने गर्दछन् तर स्रोतका हिसाबले प्रदेशहरू कमजोर रहे जसले गर्दा संघीयतालाई प्रभावकारी बनाउने कुरामा समस्या भएको छ,ु उनले भने ।
प्रकाशित मितिः November 14, 2024 at 7:22 am
न्यूजअफ कर्णाली । २०८१ मङ्सिर ३० गते सोमवार