चामुण्डाविन्द्रासैनी नगरपालिकाको बजेट सर्वसम्मत पारित

चामुण्डा ।
चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखको बजेट सर्वसम्मतबाट पारित भएको छ । शुक्रबार नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीको अध्यक्षता बसेको बसेको नगर सभा १५ औँ अधिवेसनको तेश्रो बैठकले आर्थिक वर्ष २०८१÷०८२ को बजेट र निति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।


कार्यक्रममा नगरपालिकाका उप प्रमुख मनसराकुमारीले शर्माले आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गरेकी थिईन । अधिवेशनले आगामी वर्ष २०८१÷०८२ का लगि कुल बजेट करिव ४८ करोड ९९ लाख ५७ हजार बजेट विनियोजित गरिएको थियो .

प्रकाशित मितिः   July 12, 2024 at 3:12 pm 


प्रतिक्रिया दिनुहोस्