जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ।
बुधबार जारी गरिएको विशेष बुलेटिनअनुसार कात्तिक १५ देखि १८ गते अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।
बुलेटिनमा भनिएको छ९ तिहार विशेष मौसम बुलेटिन यस वर्ष तिहारको चतुर्दशी ९१५ गते०, औँसी ९१६ गते०, प्रतिपदा ९१७ गते० र द्वितीया ९१८ गते० का दिनहरूमा देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।
यस्तै सो ३ दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
बुलेटिनमा भनिएको छ९ देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। उक्त दिनमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो ९२६ देखि ५० प्रतिशतसम्म० बादल लाग्नु हो भने साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादल लाग्नु हो। मौसम मुख्यतया सफा भनेको चाहिँ लगभग आकाश सफा ९२५ प्रतिशत मात्र बादल लाग्नु० हो।
यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। मौसमविद्का अनुसार एकरदुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। एकरदुई स्थान भन्नाले जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्।
हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
प्रकाशित मितिः October 30, 2024 at 8:48 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार