काठमाडौं । एक दशकभन्दा लामो समयदेखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले अब निओ मनि ट्रान्सफरको नाममा रि–ब्रान्ड गरी सेवा दिने भएको छ । विदेशमा रहेका नेपालीले अब पानस रेमिटको सट्टा निओ मनि ट्रान्सफरबाट पैसा पठाउन सक्नेछन् ।
नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरी न्यूनतम शुल्कमा छिटो, सुरक्षित र भरपर्दाे तरिकाले आफन्तको माझमा पुर्याउने काम यस संस्थाले गरिरहेकोे छ । निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहकलक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियानका रूपमा लिइएको छ ।
निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरूले डिजिटल माध्यमबाट पठाएको रक मकेही सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरूसहित) तथा वालेटमा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मितिः April 13, 2024 at 4:32 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार