दैलेख — कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्य समितिले भण्डारीको नाम सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवारको निर्णय गरेको थियो ।
२०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएको थियो । यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
कर्णाली प्रदेशमा तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ।
प्रकाशित मितिः November 8, 2024 at 5:12 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार